Ghar-Jagga Naksha Pass को लागी आवश्यक कागजातहरु

Ghar-Jagga Naksha Pass को लागी आवश्यक कागजातहरु-In Nepal

यदि तपाई नेपालभित्र कुनैपनि प्रर्कारको घर (Ghar) वा जग्गा (Jagga) किन्ने वा बेच्ने सोचमा हुनुहुन्छ भने, तपाई निस्चैपानी नजिकको सरकारी कार्यालयमा जानुपर्ने हुन्छ। तेसैले कार्यालयमा जादा, तपाईले लगनुपर्ने आवश्यक कागजातहरु यसपर्कारका छन्।

1.जग्गाको ट्रेस नक्सा (Trace Map Of Land)

ट्रेस नक्साका केही विशेषताहरु यसप्रकारका छन्।

जग्गाको ट्रेस नक्साको नमुना (Sample Of Trace Map Of Land)
जग्गाको ट्रेस नक्साको नमुना (Sample Of Trace Map Of Land)
  • जग्गाको बास्तबिक मापनको लागि ट्रेस नक्साको प्रयोग गरिन्छ।
  • यसको सयोगले जग्गाको आकार, मोडा, दिशा, बास्तबिक क्षेत्रफल मापनका साथै जग्गाको आवश्यक विश्लेषण पनि गर्न सकिन्छ।
  • यसमा जग्गाको स्थानको बिबरण हुन्छ।
  • जग्गाको नक्सा 1:2500 स्केलमा वा जग्गाको आकार आनुसारको स्केलमा प्रिन्ट गरिन्छ।
  • प्रिन्ट गर्दा A4 कागजमा गरिन्छ।

2.जग्गाको लालपुर्जा (Lalpurja Of Land)

जग्गाको लालपुर्जामा हुने केही बिबरणहरु यसप्रकारका छन्।

जग्गाको लालपुर्जाको नमुना (Sample Of Lalpurja Of Land)
जग्गाको लालपुर्जाको नमुना (Sample Of Lalpurja Of Land)
  • यसमा जग्गाधनीको नाम, ठेगाना, बुबाको र बाजेको नाम, नागरिकता नम्बर हुन्छ।
  • साथै जग्गाधनि संकेत नम्बर, जारी गर्ने कार्यालय, साविक कित्ता नम्बर, जग्गाको हकहिस्सा, मोहीको नामथर र जग्गाको क्षेत्रफल हुन्छ।
  • लालपुर्जा पास गर्दा सम्बन्धित भुमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत आधिकिरितको हस्ताक्षर (Signature)छाप (Seal) हुन्छ।

3.जग्गाधनीको नागरिकता (Citizenship of Landlord)

नागरिकतामा जग्गाधनीको नाम, ठेगाना, बुबाको र बाजेको नाम, वडा नम्बर, आमाको नाम, जन्म मिति, नागरिकता नम्बर, नागरिकता जारी गरेको मिति, कार्यालय र आवश्यक व्यक्तिगत बिबरणहरु हुन्छ।

जग्गाधनीको नागरिकताको नमुना (Sample Of Citizenship of Landlord)
जग्गाधनीको नागरिकताको नमुना (Sample Of Citizenship of Landlord)

4.जग्गाधनीको फोटो (Photo Of Landlord)

नक्सा पासको लागी हालसालै खिचेको, दुवै कन देखिने पासपोर्ट साइजको सफा फोटोको आबसेक पर्छ।

5.जग्गाको तिरो रसीद (Tax Clearance Receipts Of Land)

हरेक जग्गाधनीले हरेक वर्ष आफ्नो गग्जको कर सरकारलाई तिर्नुपर्ने हुन्छ। सोहि कर रकम तिरेपछि जग्गाको तिरो रसीद पाहिन्छ, जुन नक्सा पासको लागी आवश्यक हुन्छ।

जग्गाको तिरो रसीदको नमुना (Sample Of Tax Clearance Receipts Of Land)
जग्गाको तिरो रसीदको नमुना (Sample Of Tax Clearance Receipts Of Land)

6.सिमाना जग्गावालाहरुको बिबरण (Description Of Border Landlords)

सिमाना जग्गावालाहरुको नाम, अस्थाई र स्थाई ठेगाना, कित्ता नम्बर, फोन नम्बर आदिको बिबरण आवश्यक पर्नुका कारणहरु !

  • जग्गाको बास्तबिक जग्गाधनीको बिबरण थाहापाउन।  
  • जग्गाको बास्तबिक आकार र क्षेत्रफल मापन गर्न।
  • जग्गाको चार किल्ला छुटाउन।
  • भविष्यमा कुनैकिसिमको जग्गासिमाना बिभातित बाट बच्न।
  • किन्ने वा बेच्ने बक्ति बास्तबिक, आसल वा खराब बारे बुज्न
  • घर जग्गाको बास्तबिक स्थानिया र सरकारी दर बुज्नको लागि।

7.जग्गाको अमिन मापन (Amine Measurement Of Land)

लालपुर्जामा भयको जग्गाको क्षेत्रफल र बास्तबिक Field मा भयको जग्गाको क्षेत्रफल ठीक छ, छैन Check गर्नको लागि, जग्गाको अमिन मापन गर्नुपर्छ।

जग्गाको अमिन मापनको नमुना (Sample Of Amine Measurement Of Land)
जग्गाको अमिन मापनको नमुना (Sample Of Amine Measurement Of Land)

यो कर्यकोलागी जग्गाधनीले “जग्गाको अमिन मापनको लागि” निबेधक पेस गर्नुपर्छ। तेस्पची सरकारी कायालयमा कार्यरत सम्बन्धित कर्मचारीले जग्गाको अमिन मापन गर्छन।

यधि लालपुर्जामा भयको जग्गाको क्षेत्रफल र बास्तबिक Field मा भयको जग्गाको क्षेत्रफल फरक पर्न गयामा सम्बन्धित निकायले उचित छानबिन गर्नेछन।

8.जग्गाको चार किल्ला प्रमाणित पत्र (Four Fort Certificate Of Land)

जग्गाको सफल मापन पछि जग्गाको चार किल्ला प्रमाणित गरिन्छ। जग्गाको चार किल्ला प्रमाणित पत्रमा हुने केही बिबरणहरु यसप्रकारका छन्।

जग्गाको चार किल्ला प्रमाणित पत्रको नमुना (Sample Of Four Fort Certificate Of Land)
जग्गाको चार किल्ला प्रमाणित पत्रको नमुना (Sample Of Four Fort Certificate Of Land)
  • साविकको गाउँपालिका/नगरपालिका/उपनगरपालिका/महानगरपालिका को बिबरण।
  • जग्गाको कता नम्बर।
  • पूर्वमा रहेको जग्गाको बिबरण।
  • पश्चिममा रहेको जग्गाको बिबरण।
  • उतरमा रहेको जग्गाको बिबरण।
  • दक्षिणमा रहेको जग्गाको बिबरण।
  • चार किल्ला जारी गरेको मिती र कार्यालय।

9.घर-जग्गा बाटो सिफारिस पत्र (House-Land Road Recommendation Letter)

घर-जग्गा किन्ने वा बेच्ने बेलामा घर-जग्गासम्म पुग्‍ने बाटो र जग्गाको आवश्यक बिबरण समेटिएको कागजातको आवश्यक पर्द छ, जस्लाई घर जग्गा बाटो सिफारिस पत्र भनिन्छ।

घर-जग्गा बाटो सिफारिस पत्रको नमुना (Sample Of House-Land Road Recommendation Letter)
घर-जग्गा बाटो सिफारिस पत्रको नमुना (Sample Of House-Land Road Recommendation Letter)

यस पत्रमा घर-जग्गासम्म पुग्‍ने बाटो कस्तो प्रकारको छ,  बाटोको चौडाइ कति छ, त्यो बाटो कुनै कुलो,  खहरे खोला, नदी वा अरू निजी बाटोसँग जोडिएको छ छैन्, मालपोतमा कायम गरिएको दर्ता नम्बर, कित्ता नम्बर र क्षेत्रफल कति छ, लगायतका आवश्यक विवरण समाबेस गरियको हुन्छ।

घर-जग्गा बाटो सिफारिस पत्र घर-जग्गा जुन ठाउँमा अवस्थित छ, त्यही ठाउको सम्बन्धित वडा कार्यालयबाट लिनुपर्ने हुन्छ।

घर-जग्गा बाटो सिफारिस पत्र लिनु पुर्भ, सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातका साथै आवश्यक बिबरण उल्लेखहुनेगरि निवेदन पेश गर्नुपर्दछ।

Scroll to Top